Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

सामसङको नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक

सामसङको नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक


  • 645
    Shares

    सामसङको नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक

    काठमाडौं । सामसङ नेपालले आफ्नो लोकप्रिय ‘ए’ सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोनहरू ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ। 

    अत्याधुनिक क्यामेरा, स्मार्ट सुविधाहरू र आकर्षक डिजाइनका साथ आएका यी फोनहरूले प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई थप उन्नत बनाउने लक्ष्य राखेका छन्। कम्पनीले यसपटक ग्राहकहरूका लागि विशेष सुविधाको रूपमा २४ महिनासम्मको ईएमआई (किस्ताबन्दी) योजना समेत ल्याएको छ।

    सामसङले आफ्नो किस्ताबन्दी सेवालाई अपग्रेड गर्दै पहिलेको १२ महिनाको सट्टा २४ महिनासम्म पुर्‍याएको हो । जसले गर्दा प्रिमियम प्रविधिलाई ग्राहकहरूले अझ सहज रूपमा प्राप्त गर्न सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो प्रक्रिया अत्यन्तै सरल र झन्झटरहित बनाइएको छ । 

    नयाँ ग्यालेक्सी ए सिरिजमा सामसङको नवीनतम ‘असम इन्टेलिजेन्स्’ प्रविधि समावेश गरिएको छ । यसले प्रयोगकर्तालाई भ्वाइस ट्रान्सक्रिप्सन जस्ता फिचरमार्फत कल र रेकर्डिङलाई सजिलै अक्षरमा रूपान्तरण गर्न सहयोग गर्छ। त्यस्तै, एआई सेलेक्टले स्क्रिनका सामग्रीहरूलाई छिटो चयन गरी अन्य एपमा सार्न मद्दत गर्छ भने अब्जेक्ट इरेजर जस्ता टुल्सले फोटो सम्पादनलाई व्यावसायिक र सजिलो बनाउँछन्।

    फोटोग्राफीका लागि दुवै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहितको ट्रिपल क्यामेरा सेटअप रहेको छ। नाइटोग्राफी प्रविधिका कारण कम प्रकाश भएको स्थानमा पनि उज्यालो र स्पष्ट तस्बिरहरू लिन सकिन्छ। कार्यक्षमताका हिसाबले यसमा सुधारिएको सीपीयूँ र जीपीयूँ प्रयोग गरिएको छ । जसले गेमिङ र मल्टिटास्किङलाई स्मूथ बनाउँछ। 

    ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्रीका कारण यी फोनहरू दुई दिनसम्म प्रयोग गर्न सकिने र ग्यालेक्सी ए५७ फाइभजीमा सुपर फास्ट चार्जिङको सुविधा समेत रहेको छ।

    सुरक्षा र टिकाउपनका लागि दुवै डिभाइसहरू पानी र धुलो प्रतिरोधी रहेका छन्। सामसङले यी फोनहरूमा ६ वर्षसम्म सुरक्षा अपडेट र ६ पुस्तासम्म सफ्टवेयर अपडेट दिने प्रतिबद्धता जनाउँदै दीर्घकालीन सुरक्षाको सुनिश्चितता गरेको छ।

    मूल्यको सन्दर्भमा, ग्यालेक्सी ए५७ फाइभजीको १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ८९ हजार ९९९ रुपैयाँ र ८ जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ। 

    त्यसैगरी, ग्यालेक्सी ए३७ फाइभजी विभिन्न भेरियन्टमा उपलब्ध छ, जसको मूल्य ६४ हजार ९९९ रुपैयाँदेखि ७९ हजार ९९९ रुपैयाँसम्म रहेको छ। 

    यी फोनहरू विभिन्न आकर्षक रङहरूमा देशभरका आधिकारिक सामसङ स्टोर र डिलरहरूबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १६:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij