Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विकल्पबिना सुकुम्वासी हटाउने र विद्यार्थी संगठनमा रोक लगाउने सरकारी तयारीप्रति नेकपाको विरोध

विकल्पबिना सुकुम्वासी हटाउने र विद्यार्थी संगठनमा रोक लगाउने सरकारी तयारीप्रति नेकपाको विरोध


  • 1.2K
    Shares

    विकल्पबिना सुकुम्वासी हटाउने र विद्यार्थी संगठनमा रोक लगाउने सरकारी तयारीप्रति नेकपाको विरोध
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

    पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

    विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। 

    विज्ञप्तिमा भनिएको छ, ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकार समक्ष आग्रह गर्दछौँ,’। यसैबिच, नयाँ सरकार गठन लगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ।

    पार्टीले विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधान विपरीत र अस्वीकार्य ठहर गरेको छ। 

    साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ।

    678106659_2536756293406737_1525314207935235724_n_EYZDucSoMg.png

     

    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १५:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij