Logo

२०८३ बैशाख ५ गते शनिवार

२०८३ बैशाख ५ गते शनिवार

स्थानीय कान्छा लामाको जग्गामाथि मात्र डोजर चलाइएको भन्दै अख्तियारमा उजुरी

स्थानीय कान्छा लामाको जग्गामाथि मात्र डोजर चलाइएको भन्दै अख्तियारमा उजुरी


  • 15
    Shares

    स्थानीय कान्छा लामाको जग्गामाथि मात्र डोजर चलाइएको भन्दै अख्तियारमा उजुरी

    काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका–२, काउलेथानामा सडक स्तरोन्नतीको नाममा एकपक्षीय रुपमा सडक विस्तार गरेको भन्दै स्थानीयले आपत्ती जनाएका छन् । सडक बिस्तारको वाहानामा स्थानीय कान्छा लामाको जग्गामाथि मात्र डोजर चलाइएको भन्दै पिडितले गाउँपालिका अध्यक्ष सुमन तामाङ र सम्बन्धित प्राविधिक टोलीविरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका छन् ।

    लामाको निजी जग्गामा निर्माण भइरहेको संरचना भत्काएर एकतर्फी रूपमा सडक विस्तार गरिएकाले गाउँपालिका अध्यक्ष तामाङ र सम्बन्धित प्राविधिक टोलीविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको पिडित लामाले बताए। ‘‘सहमतिमा निर्माण भइरहेको संरचनासमेत रातारात डोजर लगाएर हटाइएको छ, उनले भने, ‘‘राजमार्ग विस्तारका लागि केन्द्र रेखादेखि दुवैतर्फ बराबर कटान गर्नुपर्ने मापदण्ड हुँदाहुँदै एकातर्फ मात्र कटान गरिएको छ।’’

    बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी (राष्ट्रिय १८, पासाङ ल्हामु राजमार्ग) अन्तर्गतको उक्त खण्डमा डबल लेन स्तरोन्नती गर्दा ८ मिटर चौडाइ कायम गर्नुपर्ने भए पनि व्यवहारमा भने एकपक्षीय निर्णय गरिएको उनको आरोप छ। स्थानीयका अनुसार राजनीतिक प्रभाव र स्वार्थका आधारमा अर्को पक्षको जग्गा जोगाउँदै कान्छा लामाको भाग मात्र काटिएको हो। यसले विकासको नाममा राज्यकै संयन्त्र प्रयोग गरेर एक व्यक्तिमाथि अन्याय गरिएको अनुभूति गराएको छ ।

    पीडित पक्षले जग्गा अधिग्रहण वा मुआब्जाको कुनै प्रक्रिया नअपनाई जबरजस्ती निजी सम्पत्तिमा हस्तक्षेप गरिएको आरोप लगाएको छ। साथै गाउँपालिका अध्यक्ष र सम्बन्धित इन्जिनियरको संलग्नतामा यस्तो कार्य भएको आशंका स्थानीयको छ। सहमतिमा बनेको संरचना भत्काइनु, एकतर्फी रूपमा जग्गा कटान हुनु र उचित क्षतिपूर्ति नदिइनुजस्ता विषयले घटनालाई झन् विवादास्पद बनाएको छ।

    घटनापछि स्थानीयस्तरमा असन्तोष चुलिँदै गएको छ। पीडित कान्छा लामाले न्याय नपाएसम्म निर्माण कार्य रोक्ने चेतावनी दिएका छन् भने आवश्यक परे कानुनी प्रकिया र आन्दोलनका माध्यमबाट समेत आफ्नो हकका लागि लड्ने बताएका छन्। संघीय राजधानी नजिकैको यो सडक खण्ड लामो समयदेखि राजनीतिक मुद्दा बन्दै आएको सन्दर्भमा पछिल्लो घटनाले विकास प्रक्रिया पारदर्शी र न्यायसंगत छ कि छैन भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १९:१८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij