Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

भक्तपुरमा ‘वाइल्ड फायर नाइट’: प्रमोद खरेल र दुर्गेश थापा एउटै स्टेजमा देखिने

भक्तपुरमा ‘वाइल्ड फायर नाइट’: प्रमोद खरेल र दुर्गेश थापा एउटै स्टेजमा देखिने


  • 64
    Shares

    भक्तपुरमा ‘वाइल्ड फायर नाइट’: प्रमोद खरेल र दुर्गेश थापा एउटै स्टेजमा देखिने

    काठमाडौं । भोलि शनिबार भक्तपुरको सल्लाघारीमा भक्तपुर वाइल्ड फायर नाइट आयोजना हुने भएको छ ।  

    भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा हुन लागेको सो कन्सर्टमा दुस्मन हेरेको हेरै लगायतका दर्जनौँ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ । कन्सर्टमा  खरेल एन्ड परम्परा ब्यान्डको समेत विशेष प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।

    अध्यक्ष महतका अनुसार दुर्गेश र प्रमोद पहिलो पटक एउटै कन्सर्टमा देखिने भएका छन् । चर्चित जोडी एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलब्ध हुन लागेको अध्यक्ष महतले बताएका हुन् । 

    कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाइ छ । विगत १२ वर्षदेखि आयोजना हुँदै आएको दसौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन् ।   

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १२:२६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij