Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको भन्दै गोविन्द अधिकारी पक्राउ

गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको भन्दै गोविन्द अधिकारी पक्राउ


  • 337
    Shares

    गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको भन्दै गोविन्द अधिकारी पक्राउ
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सूचना फैलाएको भन्दै उनलाई पक्राउ गरिएको हो । उनलाई कास्कीबाट समातेर गोरखा लगिएको छ । गृहमन्त्री सुधन गुरुङको कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा भ्रामक भिडियो तथा सूचना सम्प्रेषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीको दाबी छ ।

    गोरखामा आयोजित कार्यक्रमलाई लक्षित गरी भ्रामक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीकै निर्देशनमा उनलाई पक्राउ गरिएको नेकपाको आरोप छ । कास्की प्रहरीका इन्स्पेक्टर दीपक रिजाल प्रक्रिया अनुसार नै पक्राउ गरेको बताउँछन् ।

    ‘निर्देशनभन्दा पनि फेक समाचार र भिडियो आएको सम्बन्धमा गोरखामा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको थियो,’ उनले भने, ‘उनको लोकेसन यता कास्कीमा देखिएकाले हामीले यहाँबाट पक्राउ गरेर थप अनुसन्धानका लागि गोरखा पठाएका हौँ ।’ अधिकारीले सामाजिक सञ्जालमार्फत आम नागरिकलाई भ्रमित पार्ने गरी भ्रामक सूचना तथा भिडियो फैलाएको आरोप छ ।

    उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । वाईसीएल नेपाल कास्की जिल्ला समन्वय समितिले चाहिँ उनको निशर्त रिहाइको माग गरेको छ । राज्यसत्ताको दमनले नागरिकको आवाज नदबिने र प्रतिरोध अझ सशक्त बन्ने वाइसिएलको चेतावनी छ । लोकतान्त्रिक व्यवस्थामा सरकारका गलत निर्णय, जनविरोधी गतिविधि तथा राज्यसत्ताको दुरुपयोगविरुद्ध आवाज उठाउनु नागरिकको मौलिक अधिकार भएकाले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश नलगाउन आग्रह गरिएको छ ।

    वाईसीएल नेपाल कास्कीले सरकारसँग ५ बुँदे माग अघि सारेको छ । मागका रूपमा गोविन्द अधिकारीलाई तत्काल रिहा गर्न भनिएको छ भने राजनीतिक आस्था, विचार तथा सरकारको आलोचनाका आधारमा गरिने धरपकड, राजनीतिक प्रतिशोध र राज्यशक्तिको दुरुपयोग तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १०:२९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij