Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

कांग्रेसकाे आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै

कांग्रेसकाे आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै


  • 274
    Shares

    कांग्रेसकाे आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । 

    नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । देउवा पक्ष र आयोगको तर्फबाट सरकारी वकिलको बहस सकिएको छ । आज रिटमा विपक्षी बनाइएका कांग्रेस सभापति थापा र उपभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा हुने भएको छ । 

    यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । २०८२ माघ ६ मा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितको नाममा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो ।


    तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका थिए । रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - ११:०२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij