Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

मन्त्री नपाएपछि इमेलबाट राजीनामा दिएका कुँवरले फोन गरेर फिर्ता लिए

मन्त्री नपाएपछि इमेलबाट राजीनामा दिएका कुँवरले फोन गरेर फिर्ता लिए


  • 1.6K
    Shares

    • images
    मन्त्री नपाएपछि इमेलबाट राजीनामा दिएका कुँवरले फोन गरेर फिर्ता लिए
    images

    काठमाडौं । मन्त्री बन्न नपाएपछि प्रदेश सांसदबाट राजीनामा दिएका गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । उनले राजीनामा फिर्ता लिने भन्दै सभामुख कृष्णप्रसाद धिताललाई फोन गरेका हुन् ।

    गण्डकीमा बुधबार मन्त्रीहरू फेरिएका थिए । पुराना सातजना मन्त्री हटाएर नयाँ आठजना मन्त्री थपिँदा त्यसमा कुँवर पनि आकांक्षी थिए । तर, कुँवर मन्त्री बनेनन् ।

    मन्त्री हुन नपाएपछि बागलुङ २ (ख) बाट कांग्रेसबाट चुनाव जितेका कुँवरले बुधबार नै सभामुखलाई राजीनामा दिएको भन्दै इमेल पठाएका थिए । इमेल पठाइसकेपछि फोन अफ गरेर बसेका कुँवरले बिहीबार भने सभामुखलाई फोन गरेर राजीनामा फिर्ता लिएको बताएका हुन् ।

    उनले धिताललाई राजीनामा दर्ता नगरेको भए फिर्ता लिइदिन आग्रह गरेका थिए ।

    सभामुख धितालले भने आफू पोखराबाहिर रहेको बताए । "म काठमाडौंमा छु, उहाँ (कुँवर) ले फोन गरेर राजीनामा फिर्ता लिन्छु भन्नुभयो," धितालले भने, "उहाँको राजीनामा दर्ता गरिएको थिएन ।”

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - २२:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij