२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । विशेष अदालतले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको छ ।
बिहीबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रतिवादीका कानुन व्यवसायीलाई बहस नोट पेस गर्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij