Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

रास्वपाले तोक्यो प्रधानमन्त्री, सांसद र स्वकीयको मासिक लेबी

रास्वपाले तोक्यो प्रधानमन्त्री, सांसद र स्वकीयको मासिक लेबी


  • 176
    Shares

    रास्वपाले तोक्यो प्रधानमन्त्री, सांसद र स्वकीयको मासिक लेबी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री, मन्त्री, सांसद र उनीहरूका स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी तोकेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

    उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार, सांसदहरूले मासिक १६ हजार ५ सय र  उनीहरूका स्वकीयले २ हजार लेबी पार्टीमा बुझाउनुपर्ने छ । यद्यपि, सांसदहरूले स्वकीय राख्न पाउने कि नपाउने भन्ने अहिले नै निश्चित भैसकेको छैन ।

    रास्वपाका १८२ जना सांसद रहेका छन् भने १६ जना  मन्त्री रहेका छन् ।   

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १५:३०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij