२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले खड्कालाई उम्मेदवार बनाउने पार्टीबाट कुरा आएको जानकारी दिएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेकाले खड्का सभापतिमा निर्वाचित हुने सम्भावना प्रबल छ । २७५ सदस्यीय प्रतिनिधि सभा र सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij