Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

सडक सुरक्षा र सहरी व्यवस्थापनबारे सुनिता डङ्गोल र आईजीपी कार्कीबिच संवाद

सडक सुरक्षा र सहरी व्यवस्थापनबारे सुनिता डङ्गोल र आईजीपी कार्कीबिच संवाद


  • 155
    Shares

    सडक सुरक्षा र सहरी व्यवस्थापनबारे सुनिता डङ्गोल र आईजीपी कार्कीबिच संवाद

    काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौं महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । 

    काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल  र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो । 

    भेटका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘सडक सुरक्षा र ट्राफिक व्यवAस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ’ उनले थप्दै भनिन्, ‘महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ । यसले नागरिकहरूले महसुस गर्ने परिवर्तन प्राप्त गर्नुहुनेछ ।’ 

    महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए । ‘उनले भने, ‘सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ ।’ 

    छलफलका क्रममा लागू औषधको दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक सङ्केत र ट्राफिक व्यवस्थापन, रात्रिबस र बिहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो ।  छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित अधिकारीहरू सहभागी रहेका थिए । 

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ११:४४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij