Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुरक्षण मुद्रण केन्द्रले वेबसाइटमै राख्न थाल्यो छापिएको लाइसेन्सको विवरण

सुरक्षण मुद्रण केन्द्रले वेबसाइटमै राख्न थाल्यो छापिएको लाइसेन्सको विवरण


  • 897
    Shares

    सुरक्षण मुद्रण केन्द्रले वेबसाइटमै राख्न थाल्यो छापिएको लाइसेन्सको विवरण
    images

    काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले छापिएको लाइसेन्सको सङ्ख्या आफ्नो वेबसाइटमा राख्न थालेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले छपाइको प्रगतिका बारेमा सेवाग्राहीलाई सुसूचित गराउन केन्द्रले आफ्नो वेबसाइटमा विवरणहरू पनि राख्न थालेको बताएका छन् । 

    यद्यपि, प्राविधिक कारणले दैनिक लाइभ अपडेट गर्न चुनौतीपूर्ण भए पनि हरेक ३ देखि ५ दिन वा हप्ता दिनमा कति कार्डहरू छापिए भन्ने जानकारी अद्यावधिक गर्ने गरिएको उनको भनाइ छ ।

    कार्यकारी निर्देशक ढुंगानाका अनुसार केन्द्रले हाल दैनिक ४० हजार, दुई दिनमा ८० हजार र तीन दिनमा १ लाख २० हजारसम्म कार्डहरू उत्पादन गरिरहेको छ । वर्षौँदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीहरूलाई चाँडोभन्दा चाँडो कार्ड उपलब्ध गराउने लक्ष्यका साथ छपाई प्रक्रियालाई अघि बढाइएको बताएका छन् ।

    हाल काठमाडौँ उपत्यकाभित्रका एकान्तकुना, राधेराधे, जगाती लगायतका ठुला कार्यालयहरूको बाँकी रहेका लाइसेन्सहरू धमाधम छाप्ने काम भइरहेको छ। केन्द्रले देशभरका ४२ वटा यातायात कार्यालयहरूको विवरणका आधारमा काम गरिरहेको छ।

    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १८:०६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij