Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मुक्तिनाथ विकास बैंकको शेयर बिक्रीमा आउँदै

मुक्तिनाथ विकास बैंकको शेयर बिक्रीमा आउँदै


  • 1.6K
    Shares

    मुक्तिनाथ विकास बैंकको शेयर बिक्रीमा आउँदै
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिने भएको छ। बैंकको संस्थापक समूहको २ लाख ५८ हजार १८३ कित्ता शेयर यही वैशाख ८ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो।

    यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ। 

    लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ता शेयर खरिदका लागि निवेदन दिन सकिनेछ।

    बोलपत्र यही वैशाख १६ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।

     

    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १४:२७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij