Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

नेपाली कांग्रेस अनुशासन समितिको बैठक जारी

नेपाली कांग्रेस अनुशासन समितिको बैठक जारी


  • 141
    Shares

    नेपाली कांग्रेस अनुशासन समितिको बैठक जारी

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको महत्त्वपूर्ण बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। 

    निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता एवं पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरेको विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो। 

    बैठकमा खड्कालाई अनुशासन उल्लङ्घनको मुद्दामा स्पष्टीकरण सोध्ने तयारी भइरहेको बुझिएको छ। पार्टीको आधिकारिक निर्णय विपरीत अनधिकृत रूपमा वक्तव्य जारी गरेको भन्दै अनुशासन समितिले खड्कालाई यसअघि नै सचेत गराइसकेको थियो। 

    गत सोमबार खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पार्टीले गरेको क्रियाशील सदस्यता खारेजीको निर्णयप्रति आपत्ति जनाएका थिए। सोही विज्ञप्तिपछि पार्टीले अनुशासन समितिको आकस्मिक बैठक डाकेको हो। 

    १८ चैतमा बसेको समितिको बैठकले खड्काले पुनः कार्यवाहक सभापतिको हैसियत प्रयोग गरेमा कडा कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको थियो।

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १३:०६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij