Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु


  • 8.8K
    Shares

    कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु

    बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंख्या मंगलबार दिउँसो ३ः१० बजेदेखि बुधबार बिहान २ बजेसम्मको हो ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके र रुकुम पश्चिमका दुईरदुई जना, सल्यान र दाङका एकरएकजनाका मृत्यु भएको हो ।

    बाँकेको राप्तिसोनारी गाउँपालिका–५ का २३ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार ४ः३५ बजे र राप्तिसोनारी गाउँपालिका–६ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान २ बजे मृत्यु भएको हो ।

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० की ६६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार ३ः१० बजे र आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।

    सल्यानको छत्रेश्वरी गाउँपालिका–५ का ३५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार साँझ ५ः३० बजे र दाङको लमही नगरपालिका–६ का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको ओलीले बताए ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १५:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij