२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । राप्रपा संसदीय दलकी प्रमुख सचेतक खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध सुनियोजित दुष्प्रचार र चरित्रहत्याको गतिविधि चलाइएको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छन् ।
केही दिनयता सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकजस्ता माध्यमबाट योजनाबद्धरुपमा व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति गर्ने उद्देश्यबाट आधारहीन सामग्री प्रसारण भएको भन्दै उनले कारवाहीको माग गरेकी छन् ।
ओलीले उजुरी दर्तापछि भनिन्– ‘यस विषयमा मैले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको पनि थिएँ। तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ।’
यस्ता गतिविधिहरू सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने, बरु योजनाबद्ध रूपमा गलत सूचना फैलाउने तथा मेरो व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको मेरो ठहर छ।
सांसद ओलीले कसैको जीवनमा क्षति पुग्नेगरी घृणा फैलाएर त्यसबाट लाभ कमाउने प्रवृृति समाजका लागि खतरा भएकाले यसलाई सामान्यीकरण नगर्न आह्वान समेत गरेकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij