Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिन्छन् ब्याज ? (सूचीसहित)

वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिन्छन् ब्याज ? (सूचीसहित)


  • 806
    Shares

    वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक,  कुन बैंकले कति दिन्छन् ब्याज ? (सूचीसहित)

    काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् । 

    बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार १० बैंकको ब्याजदर स्थिर छ । यसरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् । 

    त्यसैगरि ९ बैंकले ब्याजदर घटाएका छन् । यी बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । 

    सिद्धार्थ बैंक तथा एनआईशी एशिया बैंकले मुद्दतीतर्फ व्यक्तिगत र संस्थागत दुवैतर्फ अधिकतम ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले तल झारेको छ । हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले तल झार्दा अन्य बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन् । नबिल बैंकले भने संस्थागत निक्षेपको ब्याज मात्रै घटाएको छ । 

    व्यक्तिगततर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेष्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले घटाउँदा नबिल बैंकले संस्थागततर्फ ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । 

    यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ । उक्त बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।

    bank_UiEUHE9wTg.png

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १०:३४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij