Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

अनुशासन उल्लंघनको आरोपमा करण केसी कारबाहीमा, एक खेल खेल्न नपाउने

अनुशासन उल्लंघनको आरोपमा करण केसी कारबाहीमा, एक खेल खेल्न नपाउने


  • 295
    Shares

    अनुशासन उल्लंघनको आरोपमा करण केसी कारबाहीमा, एक खेल खेल्न नपाउने

    काठमाडौं । विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।

    प्रतिवन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।

    करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय भएको उल्लेख छ ।

    करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्टाटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो ।

    karan-kc_j4raIapwUl.jpg

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १२:४३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij