Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

इन्धन खपत घटाउन काठमाडौं महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन

इन्धन खपत घटाउन काठमाडौं महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन


  • 421
    Shares

    इन्धन खपत घटाउन काठमाडौं महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्धनको बढ्दो संकट र खर्च कटौतीलाई ध्यानमा राख्दै आफ्ना अधिकारीहरूका लागि ‘कार पुलिङ’ (सवारी साधन बाँडेर चढ्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना हुनसक्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जानकारी दिएकी हुन् , 

    विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असरलाई मध्यनजर गर्दै महानगरले आफ्ना अधिकारीहरूलाई उपलब्ध गराइएका सवारी साधनहरू अबदेखि आलोपालो प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

    यस प्रणालीको आवश्यकता औँल्याउँदै कार्यवाहक प्रमुख डंगोलले भनिन्,  ‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । त्यसैले हामीले ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेका हौँ ।’

    महानगरपालिकाले यसअघि नै ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ । सोही निर्णयलाई थप प्रभावकारी बनाउन ‘कार पुलिङ’ को अवधारणा ल्याइएको हो ।

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - ११:२१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij