Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

५ हजार लिटर मही निःशुल्क वितरण

५ हजार लिटर मही निःशुल्क वितरण


  • 722
    Shares

    ५ हजार लिटर मही निःशुल्क वितरण

    काठमाडौँ। दोस्रो मही दिवसका अवसरमा शनिबार मुलुकभर पाँच हजार लिटर मही निःशुल्क वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन र प्रदेशमा रहेका स्थानीय डेरी उद्योगीको आयोजनामा उपत्यकासहित दशैभर विभिन्न चोक, सार्वजनिक स्थल, अस्पताल, ट्राफिक कार्यालयमा मही निःशुल्क वितरण गरिएको हो । 

    ‘महीको विश्वास, स्वास्थ्यको विकास, घर घरमा फैलाऔँ अभियानको प्रयास’ भन्ने अभियानका साथ दोस्रो राष्ट्रिय मही दिवस शनिबार देशैभरि मनाइएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले दुग्ध तथा दुग्ध पदार्थको निर्यातमा ठुलो सम्भावना भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । गर्मी मौसममा महीको खपत बढाउन सके दुधको खपत वृद्धि गरी अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । 

    एसोसिएसनले दुई वर्षअघिदेखि महीको प्रवर्धन गर्ने उद्देश्यले निःशुल्क मही वितरण गर्दै आएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दशैभरि मोहीको बजारीकरण भएपछि खपतसमेत बढ्दै गएको जनाएको छ । चिसो पेय पदार्थको तुलनामा मही स्वास्थ्यका लागि लाभदायक हुने भएकाले पनि यसको उपभोग बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । पछिल्लो समय बिहे, व्रतबन्ध, पार्टी प्यालेसमा चिसो पेय पदार्थको सट्टा मोही राख्ने चलन बढ्दै गएको छ । मही स्वास्थ्यका लागि लाभदायक मानिन्छ । 

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - ०७:३८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij