Logo

२०८२ चैत्र २८ गते शनिवार

२०८२ चैत्र २८ गते शनिवार

म सबै छानबिनका लागि तयार छु: प्रचण्ड

म सबै छानबिनका लागि तयार छु: प्रचण्ड


  • 267
    Shares

    म सबै छानबिनका लागि तयार छु: प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। 

    शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको बताएका हुन्। आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको उनको भनाइ थियो। 

    ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ,’ सञ्चारकर्मीको प्रश्नको उत्तरमा प्रचण्डले भने, ‘तपाईंहरूले बुझ्नु हुन्न कि के हो? सम्पूर्ण छानबिनका लागि म तयार छु।’

    प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको बताए। त्यसको सामना गर्न आफू नडराउने उनको भनाइ थियो। त्यस्तै, सञ्चारकर्मीले वर्तमान सरकारको कार्यशैलीबारे पनि सोधेका थिए। त्यसमा भने प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए। 

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - १७:१८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij