२०८२ चैत्र २७ गते शुक्रवार
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन जारी छ । पहिलो चरणमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।
मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । उनको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ । आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।
उपसभामुख पदको निर्वाचनमा २ जनाबीच चुनावी प्रतिस्पर्धा भएको हो । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको पनि उम्मेदवारी परेको छ । उनलाई रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन छ । लामा राप्रपाको एकल उम्मेदवार हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij