२०८२ चैत्र २७ गते शुक्रवार
काठमाडौं । कतारले ३ जना नेपालीलाई आममाफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।
आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।
लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।
यसअघि पनि कतारले यो अवसर पारेर आममाफी दिँदै आएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij