Logo

२०८२ चैत्र २७ गते शुक्रवार

२०८२ चैत्र २७ गते शुक्रवार

२४ घण्टाभित्र देशभरको विमानस्थलमा सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन

२४ घण्टाभित्र देशभरको विमानस्थलमा सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन


  • 309
    Shares

    २४ घण्टाभित्र देशभरको विमानस्थलमा सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत देशभरका विमानस्थलहरूको यात्रु सेवा, सरसफाई तथा मानवमैत्री पूर्वाधारमा २४ घण्टाभित्र आवश्यक सुधारका कार्यहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ।

    मन्त्रालयले  नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै देशभरका विमानस्थलहरुमा सेवाको गुणस्तर सुधार गर्न २४ घण्टाभित्र कार्यान्वयन गर्न निर्देशन दिएको दिएको हो । मन्त्रालयले देशभरका विमानस्थलहरूमा यात्रुबाट प्राप्त गुनासा तथा सुझावका आधारमा सेवा, सरसफाइ र मानवमैत्री पूर्वाधारमा तत्काल सुधार आवश्यक रहेको जनाएको छ।

    जारी निर्देशनअनुसार विमानस्थलहरूमा विशेषगरी स्तनपान तथा शिशु हेरचाह कक्षलाई सफा, सुरक्षित र गोपनीयता सुनिश्चित हुने गरी सञ्चालन वा स्तरोन्नति गर्न भनेकाे छ ।  त्यस्तै, बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक हेरचाह कक्षको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

    महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राख्दै प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन भनिएको छ । सरसफाइ तथा स्वच्छताका सन्दर्भमा दैनिक सरसफाइ लगबुक प्रणाली लागू गर्न, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका मापदण्ड पालना गर्न र नियमित निरीक्षण तथा अभिलेखीकरण सुनिश्चित गर्न मन्त्रालयले निर्देशन दिएको छ।

    मन्त्रालयले यी सबै सुधार कार्यको कार्यान्वयन अवस्थासहितको प्रतिवेदन, फोटो प्रमाण र लगबुक विवरण २४ घण्टाभित्र  मन्त्रालयको इमेल   admin@tourism.gov.np मार्फत सबै विमानस्थलहरुले पेश गर्न समेत आग्रह गरेको छ। निर्देशन पालना नगरे कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएकाे छ ।

    साथै, नागरिक तथा यात्रुहरूलाई सुधार कार्यको अवस्थाबारे “गुनासो वा तारिफ” मन्त्रालयको सूचना अधिकारीको ह्वाट्सएप नम्बरमा पठाउन अनुरोध गरिएको छ।

    images
    प्रकाशित मिति :चैत्र २७ २०८२ शुक्रवार - १५:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij