२०८२ चैत्र २७ गते शुक्रवार
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले बढेको हो ।
आजका लागि तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८७५ मा किनबेच भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij