Logo

२०८२ चैत्र २७ गते शुक्रवार

२०८२ चैत्र २७ गते शुक्रवार

आज उपसभामुखको निर्वाचन : ठाकुर र लामाबीच प्रतिस्पर्धा हुँदै

आज उपसभामुखको निर्वाचन : ठाकुर र लामाबीच प्रतिस्पर्धा हुँदै


  • 330
    Shares

    आज उपसभामुखको निर्वाचन : ठाकुर र लामाबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज (चैत २७) हुँदै छ । उपसभामुखमा दुईजनाको उमेदवारी परेको छ । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा प्रतिस्पर्धामा छन् । 
     
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेर नै ठाकुरलाई समर्थन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित प्रायः भएको छ । 

    सभामुख डोलप्रसाद अर्यालले बुधबार (चैत २५) प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । 

    आज दिउँसो ४ बजे सञ्चालन हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ । ज्ञानबहादुर शाहीले लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावमा राप्रपाकै ताहिर अलि, खुस्बु ओली, भरत गिरिले समर्थक गर्नेछन् । 

    त्यस्तै, ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव आरेन राईले गर्नेछन् । उक्त प्रस्तावमा रास्वपाका अशोक चौधरी र अम्बिकादेवी संग्रौलाले समर्थन गर्नेछन् ।  

    images
    प्रकाशित मिति :चैत्र २७ २०८२ शुक्रवार - ०८:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij