२०८२ चैत्र २६ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गरेर त्यो मन्त्रालयको कामकाज आफैले गर्ने गरी राखेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले राखेको जनाएको छ ।
बाँकी मन्त्रीहरूको जिम्मेवारी भने प्रधानमन्त्री शाहले यथावत् राखेका छन् । गत १३ गते गठित मन्त्रिपरिषद् श्रम मन्त्री शाह पदमुक्त भएपछि अब १४ सदस्यीय भएको छ ।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्य विभाजन हेरफेर सम्बन्धी विज्ञप्तिमा त्यो उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij