Logo

२०८२ चैत्र २६ गते बिहिवार

२०८२ चैत्र २६ गते बिहिवार

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण


  • 603
    Shares

    नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं ।  विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । विश्व बैंकले मध्यपूर्वमा जारी द्वन्द्व र जेनजी आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने  प्रक्षेपण गरेको हो । 

    अघिल्लो आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशत रहेको वृद्धिदरमा उल्लेख्य गिरावट आउने विश्व बैंकको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले देखाएको छ। भविष्यमा पुनर्निर्माणका गतिविधि, जलविद्युतको निरन्तर विस्तार र सन् २०२७ मा हुने स्थानीय निर्वाचनका कारण बढ्ने उपभोगले आर्थिक वर्ष २०२७–२०२८ मा नेपालको औसत आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

    नेपाल डेभलपमेन्ट अपडेट ‘आर्थिक वृद्धि दबावमाः आन्तरिक र विश्वव्यापी आघातहरूको सामना’ प्रतिवेदनले सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति शृङ्खलामा आउन सक्ने सम्भावित अवरोधका कारण आर्थिक वर्ष २०८२/८३ मा सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरेको छ । 

    आर्थिक परिदृश्य अझै पनि ज्यादै अनिश्चित छ । मध्यपूर्वमा लम्बिएको द्वन्द्वले पर्यटकको आगमन घटाउन सक्ने, विप्रेषण प्रवाहमा कमी ल्याउन सक्ने, उपभोग कमजोर बनाउने र समग्र आर्थिक गतिविधिलाई सुस्त बनाउन सक्ने देखिन्छ ।

    सकारात्मक पक्षका रूपमा, निर्वाचन पछिको राजनीतिक स्थिरता, सबल समष्टिगत आर्थिक व्यवस्थापन र संरचनागत सुधारहरूले लगानीकर्ताको मनोबल बढाउन सक्ने उल्लेख गरिएको छ।

    images
    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - १२:२७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij