Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रङ नम्बर'मा फोन जाँदा विवादले पाटनमा चक्कु प्रहार, दाजुभाइको मृत्यु

रङ नम्बर'मा फोन जाँदा विवादले पाटनमा चक्कु प्रहार, दाजुभाइको मृत्यु


  • 1.9K
    Shares

    रङ नम्बर'मा फोन जाँदा विवादले पाटनमा चक्कु प्रहार, दाजुभाइको मृत्यु
    images

    काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहारबाट घाइते भएका दुईजनाको मृत्यु भएको छ ।

    बुधबार भएको उक्त घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो । घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा उनीहरूको मृत्यु भएको हो । सुमित र सिर्जन दाजुभाइ हुन् ।

    प्रहरीले घटनाका मुख्य आरोपितलाई पक्रिएको छ । ललितपुर प्रहरीको टोलीले मुख्य आरोपित सन्जीबच नेपालीलाई पक्राउ गरेको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घाइते भएका नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ । नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भइ इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए ।

    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - ०५:०७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij