Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

काठमाडौंसहित अधिकांश ठाउँमा वर्षा, कहिले हुन्छ मौसम सुधार ?

काठमाडौंसहित अधिकांश ठाउँमा वर्षा, कहिले हुन्छ मौसम सुधार ?


  • 337
    Shares

    काठमाडौंसहित अधिकांश ठाउँमा वर्षा, कहिले हुन्छ मौसम सुधार ?

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

    पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रिएको कारण विभिन्न भूभागमा पानी परिरहेको जल तथा मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली,गण्डकी, लुम्बिनीको धेरै भूभागमा र कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भेगमा मध्यम खालको  वर्षा भइरहेको छ।

    भने मधेश प्रदेशको थोरै ठाउँमा मेघगर्जनसहितको चट्याङ, हावाहुरी र असिनापानीको परिरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । देशैभरको मौसममा बदली आएको उनले जानकारी दिए । उनले प्रिमनसुनको समय भएकाले सावधानी अपनाउन आग्रह गरे ।

    भोलि पनि मौसममा सुधार नहुने महाशाखाले जनाएको छ ।

    भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू(भागका केही स्थानहरुमा वर्षा र हिमपाताको सम्भावना रहेको उनले जानकारी दिए ।

    मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - १५:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij