२०८२ चैत्र २५ गते बुधवार
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढेको छ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट मंगलबार पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले त्यसको तयारी गरेको हो।
सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार देउवा दम्पतीविरुद्ध न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो। देउवा दम्पती हाल हङकङमा छन्।
उपचारका लागि सुरुमा सिंगापुर गएका देउवा र सुरुमा दिल्ली पुगेकी आरजु त्यसपछि हङकङ गएका थिए।
भदौ २४ गते जेनजी आन्दोलनको बेला उनीहरुको घरमा नगद जलेको थियो। ठूलो मात्रामा गरगहना पनि फेला परेको थियो। यी विषयमा जेनजी आन्दोलनलगत्तै विभागले अनुसन्धान अगाडि बढाएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij