Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

परिचयपत्र देखाएर सिंहदरबार प्रवेश पाउनुपर्ने बार एसोसिएसनको माग

परिचयपत्र देखाएर सिंहदरबार प्रवेश पाउनुपर्ने बार एसोसिएसनको माग


  • 155
    Shares

    परिचयपत्र देखाएर सिंहदरबार प्रवेश पाउनुपर्ने बार एसोसिएसनको माग

    काठमाडौं । नेपाल बार एसोसिएसनले परिचयपत्रको आधारमा सिंहदरबार भित्र निर्वाध रूपमा प्रवेश पाउनुपर्ने माग राखेको छ ।

    सिंहदरबार परिसरभित्रको प्रशासकीय अदालत लगायतमा कानुन व्यवसायीहरूलाई प्रवेशमा लगाइएको रोकप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा कानुन व्यवसायीको परिचयपत्रका आधारमा निर्वाध रूपमा साविककै व्यवस्था अनुसार प्रवेश पाउनुपर्ने माग बारको छ ।

    बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले आज विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

    ‘सिंहदरबार परिसर भित्रको प्रशासकीय अदालत ल गायतमा कानुन व्यवसायीहरूको प्रवेशमा गत केही दिनदेखि अवरोध सिर्जना भए उपर नेपाल बार एसोसिएसनको ध्यानाकर्षण भई मौखिक रूपमा सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराइएकोमा कुनै सुनुवाइ भएन,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    आजै मात्रै प्रतिनिधिसभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरूको ध्यानाकर्षण गराएका थिए ।

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - १४:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij