Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

युद्धविरामलाई आफ्नो ‘विजय’ भनेको इरानले अमेरिकासँग राखेका थिए यस्ता १० सर्त

युद्धविरामलाई आफ्नो ‘विजय’ भनेको इरानले अमेरिकासँग राखेका थिए यस्ता १० सर्त


  • 141
    Shares

    युद्धविरामलाई आफ्नो ‘विजय’ भनेको इरानले अमेरिकासँग राखेका थिए यस्ता १० सर्त

    अन्तत: मंगलबार राति अमेरिका र इरानबिच २ हप्ता युद्धविराम गर्ने सहमति भएको छ। युद्धविरामको घोषणा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। 

    साथै इरानले पनि युद्धविराम सम्झौता भएको पुष्टि गरेको छ। साथै उसले यसलाई आफ्नो ‘विजय’ भनेको छ। पाकिस्तानको मध्यस्थतामा युद्धविराम सम्झौता भएको उल्लेख गर्दै ट्रम्पले यसका लागि इरानबाट दशबुँदे प्रस्ताव आएको जानकारी दिएका छन्।

    यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो दशबुँदे प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ। आफूले राखेका सर्तमा युद्धविराम सम्झौता भएको भन्दै परिषद्‌ले यो ‘देशको जित’ भनी दाबी गरेको छ।

    के-के छन् इरानका दश बुँदामा?

    १. आक्रमण पूर्ण रूपमा  अन्त्य

    -अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने माग गरिएको छ।

    २. सबै प्रतिबन्ध हटाउने

    -सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग गरिएको छ।

    ३. स्थिर सम्पत्ति फिर्ता गर्ने

    -आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने 

    ४. युद्धको स्थायी अन्त्य

    -युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य गरिनुपर्ने माग

    ५. अमेरिकी सेना फिर्ता गर्ने

    -इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने 

    ६. क्षतिपूर्ति

    -युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था 

    ७. होर्मुज स्ट्रेटमा नियन्त्रण

    -होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने 

    ८. सुरक्षित आवतजावत तर सर्तसहित

    -होर्मुज स्ट्रेटबाट जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइने तर इरानी सेनासँग समन्वय गरेर।

    ९. जहाजलाई शुल्क 

    -इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क लिने प्रस्ताव गरेको छ। जुन ओमानसँग सेयर गरिनेछ।

    १०. क्षेत्रीय द्वन्द्वको पनि अन्त्य

    -लेबननमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने

    पछिल्लो तथ्यांक यस्तो छ

    इरान : ३,५१९ जना मारिए 

    अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।

    लेबनन : १,३१८ जना मारिए

    लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।

    छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।

    इराक : कम्तीमा १०७ जना मारिए

    इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।

    इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।

    इजरायल : १९ जना मारिए 

    इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।

    अमेरिका : १३ जना मारिए 

    अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।

    खाडी क्षेत्र

    संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्। 

    हालै अमेरिकाले जारी गरेको तथ्यांकअनुसार अमेरिकी सेनाका १३ जना मारिएका छन् भने ३६५ सैन्य कर्मचारी घाइते भएका छन्। 

     

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - १२:५७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij