Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने

कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने


  • 323
    Shares

    कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने

    काठमाडौं । कानुन व्यवसायीहरुले अघिल्ला दिनहरु जस्तो आफ्नो परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् ।

    उनीहरुले पनि अब अरु सर्वसाधारणहरुले जस्तै नागरिक एपबाट पास लिनुपर्ने नियम लागु गरिएको छ । यो नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीहरुको असन्तुष्टि छ । सिंहदरबार परिसरभित्र रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले सूचना जारी गरी कानुन व्यवसायीहरुले नागरिक एपको सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश पाउने जानकारी दिएका छन् ।

    उनका अनुसार प्रशासकीय अदालतका पदाधिकारी र कर्मचारीहरुले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रको आधारमा, कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेटपासको आधारमा, मुद्दाका पक्ष वा वारेसले सम्बन्धित पक्ष/वारेसको तारेख पर्चाका आधारमा र अन्य सबैले प्रशासकीय अदालतको दैनिक इ–पासको आधारमा प्रवेश पाउने छन् ।

    यसअघि कानुन व्यवसायीहरुले नेपाल बार काउन्सिलले दिने परिचय पत्रको आधारमा सिंहदरबारसहित नेपालका सबैजसो अड्डा अदालतमा प्रवेश गर्न पाउँथे । तर उनीहरुलाई सिंहदरबार प्रवेशको हकमा अहिले कडाइ गरिएको छ ।

    नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन् । अधिवक्ता विनोदमणि भट्टराईले प्रशासनिक अदालत सिंहदरबारभित्रै रहेको र तर त्यहाँ पुग्न पनि पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको बताए । उनले नयाँ नियममा पुनरविचार गर्न आग्रह गरे ।

    ‘कानुन व्यवसायीबाट पनि कतिपय साथीहरु नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । उहाँहरुले यो अप्ठ्यारो फुकाउन पहल गर्नुहुन्छ भन्ने विश्वास छ,’ भट्टराईले भने ।

    notice.jpg

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - १२:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij