Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जाहेरी नआएपछि सागर लम्साललाई अनुन्धान गर्न ५ दिनको म्याद थप

जाहेरी नआएपछि सागर लम्साललाई अनुन्धान गर्न ५ दिनको म्याद थप


  • 722
    Shares

    जाहेरी नआएपछि सागर लम्साललाई अनुन्धान गर्न ५ दिनको म्याद थप
    images

    अमेरिका बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालबाट बलात्कार आरोप लगाएपछि पक्राउ परेका कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

    युवतीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाए लगत्तै उनी पक्राउ परेका थिए।

    शनिवार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बलात्कारसम्बन्धी कसुरमा जाहेरी नआएपछि उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिइएको प्रहरी स्रोतले जनाएको छ।

    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - १०:२०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij