Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच युद्धविराम

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच युद्धविराम


  • 393
    Shares

    पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच युद्धविराम

    काठमाडौँ । पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता नै नामेट पारिदिने’ धम्की दिएको केही घण्टाभित्रै विकसित यो घटनाक्रमले तत्कालका लागि विश्व युद्धको भय टारेको छ ।

    इरानी सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि इरान युद्धविरामका लागि तयार भएको हो । इरानले यस सहमतिलाई आफ्नो ‘रणनीतिक जित’ का रूपमा व्याख्या गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानमाथिका आक्रमण रोकिए आफूहरू पनि लडाइँ रोक्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

    यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको विशेष अपिलपछि आफूले आक्रमणको निर्णय थाती राखेको खुलासा गरेका छन् । उनले लेखेका छन्, “पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुखको आग्रहलाई सम्मान गर्दै म इरानमाथि दुई साताका लागि हमला रोक्न सहमत भएको छु ।”

    सहमतिअनुसार इरानले विश्वको महत्त्वपूर्ण व्यापारिक मार्ग ‘होर्मुज’ बाट व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा आउजाउ गर्न दिनुपर्नेछ । यसअघि ट्रम्पले तोकिएको समयसीमाभित्र सहमति नभए इरानी सभ्यता नै कहिल्यै नफर्किने गरी समाप्त पारिदिने चेतावनी दिएका थिए ।

    यसैबीच, इरान र अमेरिकाले युद्धविरामको घोषणा गरे पनि केही क्षेत्रमा तनाव कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - ०६:२९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij