Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

सरकारले राम्रो छनक ल्याएको छैन, सङ्कट बुझेन : सांसद दुलाल

सरकारले राम्रो छनक ल्याएको छैन, सङ्कट बुझेन : सांसद दुलाल


  • 715
    Shares

    सरकारले राम्रो छनक ल्याएको छैन, सङ्कट बुझेन : सांसद दुलाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताएका छन्। 

    सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले सरकारले सुरुवातमा नै राम्रो छनक नल्याएको बताएका हुन् । उनले जनताको चुल्हो बल्नै गाह्रो हुने अवस्था सिर्जना हुन लागेको अवस्थामा सरकारले संकट व्यवस्थापनमा ध्यान दिन नसकेको बताएका छन्। 

    बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राष्ट्रिय जीवनमा गम्भीर असर पारेको उनले बताएका छन् । उनकाअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ भने सर्वसाधारणको दैनिक जीवन झन् कठिन बन्दै गएको छ । 

    उनले भने, ‘सरकारले राम्रो छनक ल्याएको छैन । जनताका दैनिक जीवनमा सहजीकरण गर्नको लागी कार्यक्रमहरु तत्कालै ल्याउनुपर्ने थियो । त्यसमा सरकार चुकिसकेको छ । अहिले मंहगी एकदमै चरमचुलीमा पुगेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सम्पुर्ण राष्ट्रिय जीवनमा नै प्रभाव पारिसकेको छ । 

    उनले कृषिको मुख्य सिजन शुरु हुन लागेकोले मलको अभाव समाधान गर्न ध्यान दिन पनि सरकारलाई सुझाव दिएका छन् ।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १७:२१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij