२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गरेकी छन् । शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भण्डारीले पदभार सम्हालेकी हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले साइबर बुलिङमार्फत महिलामाथि हुने चरित्रहत्याविरुद्ध कानूनी व्यवस्था आवश्यक रहेको बताइन्। उनले महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने जस्ता अपराधिक गतिविधि मौलाउँदै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण अपरहार्य भएको बताइन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकार र सरोकारवालहरुबीचको समन्वय गरेर कानूनी हस्तक्षेप गर्नुपर्ने बताइन् । उपाध्यक्ष भण्डारीले सभ्य र मर्यादित समाज निर्माणका लागि साइबर अपराध नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।
उनले राष्ट्रिय सभा उपाध्यक्षको पद कुनै आग्रहबिना निष्पक्ष र संसदीय गरिमा कायम राख्दै बहन गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij