Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध

राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध


  • 659
    Shares

    राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध

    काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत ४ समितिमा सभापति निर्विरोध चयन भएका छन् । मनोनयनका लागि तोकिएको समयमा एकरएक जनाको उम्मेदवारी परेकाले सबै समिति सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

    राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले समितिका सभापति र उपसभापतिमा भागबण्डा गरेका थिए ।

    भागबण्डामा एमालेले सभाको उपाध्यक्ष पाएको थियो । उपाध्यक्षमा एमाले सांसद लीला भण्डारी निर्विरोध भएकी छन् । उनले पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेकी छन् ।

    कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय  निर्विरोध निर्वाचित भएका छन् । दुवै समितिका बैठकमा मंगलबार एकरएक जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनी जनता समाजवादी पार्टी नेपालकी सांसद हुन् ।

    साथै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टीकी सांसद हुन् ।

    राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १० र जनता समाजवादी पार्टी नेपालका ३ सांसद रहेका छन् भने राष्ट्रिय जनमोर्चाका १ र २ सरकारको सिफारिसमा मनोनीत सांसद रहेका छन् । 

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १६:४७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij