Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

ललितपुरको थसिखेलमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

ललितपुरको थसिखेलमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु


  • 330
    Shares

    ललितपुरको थसिखेलमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेलमा आज मध्याह्न भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो।

    प्रहरीका अनुसार मधेस प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको बागमती प्रदेश ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    दुर्घटनामा परी मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षीय बिदुर गुरुङ र मोटरसाइकलको पछाडि सवार ८४ वर्षीया धनमाया गुरुङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि अल्का अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो १स्१० बजे मृत घोषणा गरेका थिए।

    प्रहरीले ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १२ बस्ने ३३ वर्षीय विनोद खा थारुलाई नियन्त्रणमा लिएको छ। उनलाई हाल जिल्ला प्रहरी परिसर जावलाखेलमा राखिएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १४:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij