Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

लेनोभोका उत्कृष्ट ल्यापटप ६० प्रतिशतसम्म छुट अफर

लेनोभोका उत्कृष्ट ल्यापटप ६० प्रतिशतसम्म छुट अफर


  • 239
    Shares

    लेनोभोका उत्कृष्ट ल्यापटप ६० प्रतिशतसम्म छुट अफर

    काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा नेपालमा लेनोभो ल्यापटप खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने भएको छ ।  नेपालको लागि आधिकारिक वितरक  Megatech ले आफ्ना शुभेच्छुक ग्राहकहरुका लागि एक प्रेस विज्ञप्ति जारी गरी यस्तो अवसर प्रदान गरेको जनाएको छ ।

    ग्राहकले नयाँ वर्ष अभियान अन्तर्गत “२०८३ नयाँ वर्ष, मेगा अफर” मा  स्पिन द व्हील प्रतियोगितामा विजेताले उक्त उक्त छुट पाउने हुन् । 

    सात दिसम्म चल्ने यो अभियान चैत २४ गतेदेखि चैत ३० गतेसम्म चल्नेछ। अधिकांश नेपालीहरु कुनैपनि सामान किन्दा चाडपर्व तथा नयाँ वर्षको योजना बनाउँछन् । विशेषगरी युवापंक्ति नयाँवर्षमा नयाँ योजना नै बनाएर ग्यजेट तथा इलेक्ट्रिोनिक्स सामानहरु खरिद गर्ने गर्दछन् ।

    यस्तो अवस्थामा यहि नयाँ वर्षलाई लक्षित गरी आफ्ना शुभेच्छुक ग्राहकहरुका लागि ल्याएको यो विशेष अफरले तपाईको भाग्य चम्कन सक्छ । कम्पनीको वारेन्टी ग्यारेन्टीमा आफ्नै आँखा अघि खरिद वर्ल्ड क्लास ब्राण्डेड ल्यापटम खरिद गर्न पाउनु खुशीको विषय हुन सक्छ  

    यस अवधिभर ग्राहकहरूले स्पिन द व्हील प्रतियोगितामा भाग लिएर चयनित मोडलमा ६० प्रतिशतसम्म छुट जित्न सक्नेछन् । 

    प्रत्येक दिन, सहभागीहरूले सानेपास्थित एमजीपिएल शोरूममा रहेको छ - side व्हील घुमाएर पुरस्कार जित्न सक्नेछन्। कम्पनीका अनुसार व्हीलको एकपट्टिले ६० प्रतिशत छुट दिन्छ भने बाँकी पाँच पट्टाहरूले नियमित प्रचारात्मक अफर प्रदान मात्रै गर्ने छ । 

    सात दिनमा सात भाग्यशाली विजेताहरू, हरेक दिन एक जना, चयनित वस्तुहरूमा ६० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस्तैगरी अनलाइन “ट्याग एन्ड विन अभियान” इन्स्टाग्राम र फेसबुकमा पनि सञ्चालन हुनेछ, जहाँ ग्राहकहरूले भाग लिएर रोचक गिफ्ट ह्याम्परहरू जित्न सक्नेछन्।

    ग्राहकहरू चैत २४ गतेदेखि ३० गतेसम्म एमजीपिएल शोरूममा गएर प्रतियोगितामा भाग लिन वा www.megatech.com.np र कम्पनीका सामाजिक संजाल पृष्ठहरूमा गएर रोचक ह्याम्पर जित्न सक्नेछन् । 

    नेपालको ऐन नियमानुसार दर्ता भई लामो समयदेखि संचालित मेगाटेकले लेनोभोका शुभेच्छुक ग्राहकहरुलाई विश्वसनिय ढंगले सेवा प्रवाह गरिरहेको छ । कम्पनीको विस्वास र गुणस्तरका कारण मेगाटेक ग्राहकहरुमाझ लोकप्रिय छ । कम्पनीले ग्राहकलाई मौलिक, असली उत्पादन, बिक्री पछिको सेवा प्रदान मात्रै गरेको छैन, बजारकै उत्कृष्ट ल्यापटप डिलहरू उपलब्ध गराउँदै आएको छ ।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १२:५०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij