Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

डिसहोमको कर्मचारी बनेर २९ लाखभन्दा बढी ठगी गर्ने एक गिरोह पक्राउ

डिसहोमको कर्मचारी बनेर २९ लाखभन्दा बढी ठगी गर्ने एक गिरोह पक्राउ


  • 421
    Shares

    डिसहोमको कर्मचारी बनेर २९ लाखभन्दा बढी ठगी गर्ने एक गिरोह पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ। विशेष अफरको लोभ देखाएर ग्राहकहरूबाट रकम असुल्ने कार्यमा संलग्न धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो।

    यो गिरोहले डिसहोमका नियमित ग्राहकहरूलाई फोन गरेर ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस रिचार्ज’ उपलब्ध गराउने भन्दै झुक्याउने गरेको पाइएको छ। उनीहरूले ग्राहकको विश्वास जित्नका लागि नक्कली रसिद र छापको समेत प्रयोग गर्ने गरेका थिए।

    अनुसन्धानका क्रममा मुख्य योजनाकार आरती सिंखडाले करिब चार वर्षसम्म डिसहोमको सब-डिलर र इन्टरनेट सेवामा काम गरेको खुलेको छ। सोही समयमा उनले बनाएका पुराना ग्राहकहरूको विवरण प्रयोग गरी यो ठगी धन्दा चलाएको प्रहरीको दाबी छ।

    आरतीले आफ्नै र श्रीमानको इसेवा, खल्ती तथा बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानबाट देखिएको छ।प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले हालसम्म ३६४ जनाभन्दा बढी व्यक्तिलाई ठगी गरिसकेका छन्। उनीहरूले सर्वसाधारणबाट २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ।

    अहिलेसम्म सात जना पीडितहरूले मात्र कार्यालयमा औपचारिक निवेदन दिएका छन् भने अन्य पीडितहरू पनि सम्पर्कमा आउने क्रम जारी छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १०:२०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij