Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

फ्रि भिसा फ्रि टिकटमा २ लाख २५ हजार तिरेर नेपाल लाइफबाट साउदी गएका ५२ नेपालीको बिचल्ली

फ्रि भिसा फ्रि टिकटमा २ लाख २५ हजार तिरेर नेपाल लाइफबाट साउदी गएका ५२ नेपालीको बिचल्ली


  • 274
    Shares

    फ्रि भिसा फ्रि टिकटमा २ लाख २५ हजार तिरेर नेपाल लाइफबाट साउदी गएका ५२ नेपालीको बिचल्ली

    काठमाडौं । साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका नेपालीहरूको बिचल्ली भएको छ । काठमाडौंको गौशालामा रहेको नेपाल लाइफ रिक्युटमेन्ट लगायतका विभिन्न म्यानपावर कम्पनीमार्फत झन्डै दुई वर्ष अगाडि साउदी पुगेका उनीहरू समस्यामा परेका हुन् ।

    विगत लामो समयदेखि कम्पनीले तलब तथा खान बस्न समेत नदिने गरेको भन्दै उनीहरूले उद्धारको माग गरेका छन् । दुई वर्षे श्रम सम्झौता गरेर बिल्डिङ कन्स्ट्रक्सनको कामका लागि साउदी गएका ५० भन्दा बढी नेपालीहरूले बिचल्ली भएको भन्दै उद्धारको माग गरेका हुन् ।

    ५० डिग्रीको धापमा काम गर्नुपरिरहेको तर, ठेकेदारले उल्टै तलब नदिने, काम नदिने, खाना, खाजा तथा पानी समेत नदिने गरेको उनीहरूको भनाइ छ । कम्पनीले ५/६ महिनादेखि तलब नदिएको, खाना बस्न तथा पानी समेत नदिएको श्रमिकले बताएका छन् । पीडितहरूले नेपालको म्यानपावर र साउदीको ठेकेदार कम्पनीले बिचल्ली बनाएको बताएका हुन् ।

    एक पीडितका अनुसार कम्पनीले विगत ५/६ महिनादेखि तलब दिएको छैन, खाना, बस्न दिएको छैन । ‘कसैको तीन महिनाको तलब बाँकी राखेको छ, कसैको ४ महिना, कसैको त कसैको ६ महिनाको तलब बाँकी छ । ‘कम्पनीलाई धेरै पटक ताकेता गर्दा पनि दिन्छु दिन्छु भन्छ तर दिँदैन । काम गराउँछ, पैसा दिँदैन,’ ती पीडितले भने ।

    कम्पनीले एक महिना काम गराउने, अर्को महिना काममा नआउ भन्ने र बिदामा बसेपछि उल्टै तलब काट्ने गरेको पीडितले बताए । ‘काममा नआउ भनेर बिदामा राखिदिन्छ, बिदा बसेपछि पैसा काटिन्छ’ उनीहरूले भने ‘कसैलाई महिनाको ४०० रियाल त कसैलाई ६०० दिन्छ, हामीलाई मासिक तलब १५०० रियाल भनिएको हो । ६०० रियालमा आफू खाने कि परिवारलाई पठाउने,’ ति नेपालीले भने ।

    कम्पनीले फ्री भिसामा ल्याएको बताउने गरेको तर, आफूहरू २ लाख भन्दा बढी पैसा तिरेर गएको उनीहरूले बताए । ‘२ लाख २५ हजारसम्म तिरेर, ऋण गरेर आएका थियौं । तर, यता कम्पनीले फ्री भिसामा ल्याएको भन्छ,’ उनले भने ।

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - २१:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij