Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

फेवातालको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति, ७ दिनभित्र प्रतिवेदन बुझाउने

फेवातालको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति, ७ दिनभित्र प्रतिवेदन बुझाउने


  • 260
    Shares

    फेवातालको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति, ७ दिनभित्र प्रतिवेदन बुझाउने

    काठमाडौं । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। 

    समितिले फेवातालको चार किल्ला सिमानाभित्रको जग्गाको हालको अवस्था र निर्माण भएका संरचना लगायतको अध्ययन गर्ने छ भने फेवातालको क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलगरी अभिलेखीकरण कार्य पनि गर्ने भएको छ।

    ताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था, दर्ता स्थिति र प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गरिने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले फेवाताल क्षेत्रफलभित्रका सबै कित्ताको एकिन विवरणसहित प्रतिवेदन तयार पारी पेस गर्न ७ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ।

    पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले फेवाताल संरक्षणमा चासो देखाएपछि पोखरा महानगरले अतिक्रमित फेवाताल क्षेत्र खाली गराउने अभियान सन्चालन गरेको छ।

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १७:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij