Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

बालेनसँग वर्षमानले भने– भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे संवाद गर्नुस्

बालेनसँग वर्षमानले भने– भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे संवाद गर्नुस्


  • 260
    Shares

    बालेनसँग वर्षमानले भने– भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे संवाद गर्नुस्

    काठमाडौं । लुम्बिनी प्रदेशका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई भइरहवा विमानस्थल सञ्चालनका लागि हवाई मार्गबारे भारतसँग कुराकानी गर्न आग्रह गरेका छन्। 

    सोमबार प्रधानमन्त्री शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसँग छलफल गरेका छन्। 

    छलफलमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएको बताएका छन्। 

    ‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’, पुनले भने, ‘अन्तर्राष्ट्रिय हवाई मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

    अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाई गर्न नहुने उनको भनाइ थियो। 

    त्यस्तै, दाङको कोइलाबास(रोल्पा(रुकुम हुँदै डोल्पा जोड्ने सहिदमार्ग निर्माणको कामलाई गति दिन माग पुनले माग गरेका छन्। उत्तरी छिमेकी चीनको सीमासम्म छुने उक्त सडकको रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो। 

    लुम्बिनी प्रदेशमा सिंचाई, मल, बिउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत विकास परियोजना अघि बढाउन पनि सांसदले सुझाएका छन्। 

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १६:०६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij