२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को पावन अवसरमा ग्राहकहरूका लागि आकर्षक उपहार र नगद छुटसहितको 'नयाँ वर्ष अफर' सार्वजनिक गरेको छ।
चैत २० गतेदेखि सुरु भई २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने यस योजनाले नयाँ खरिदकर्ताका साथै पुराना मोटरसाइकल प्रयोगकर्ताहरूलाई समेत विशेष लाभ प्रदान गर्ने लक्ष्य राखेको छ। यस योजनाअन्तर्गत विशेष गरी 'CFMOTO 250 Dual EFI' मोडलको खरिदमा ग्राहकहरूले नगद वा फाइनान्स दुवै माध्यमबाट ८ हजार ३०० रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।
मोटरसाइकल साट्न चाहने ग्राहकका लागि कम्पनीले 'एक्सचेन्ज' अफर समेत ल्याएको छ, जसमा पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यमा थप १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन प्रदान गरिनेछ। सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले प्रत्येक ग्राहकलाई एण्टी–फग प्रविधियुक्त प्रिमियम 'SMK' फूल फेस डबल भाइजर हेल्मेट उपहार दिने घोषणा गरेको छ। यति मात्र नभई, लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद क्यासब्याक जित्ने सुनौलो अवसर समेत पाउनेछन्।
कम्पनीले आफ्ना लोकप्रिय नेकेड मोडलहरूका लागि नयाँ बजार मूल्य समेत सार्वजनिक गरेको छ। जसअनुसार 'CFMOTO 250 NK' को मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ र '300 NK' को ५ लाख ४९ हजार ९०० रुपैयाँ कायम गरिएको छ। यी मोडलहरूको खरिदमा ग्राहकले स्टड्स (Studds) हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी प्राप्त गर्नेछन्। त्यस्तै, एड्भेन्चर प्रेमीहरूका लागि लोकप्रिय ४५० एमटी (450MT Zephyr Blue) को खरिदमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट सहितको विशेष प्याकेज उपलब्ध गराइएको छ। विद्युतीय सवारी तर्फ आकर्षित ग्राहकका लागि 'जीहो' (ZEEHO AE8) ईभी स्कुटर ४ लाख ४९ हजार ९०० रुपैयाँको विशेष मूल्यमा उपलब्ध हुनेछ।
योजनाअन्तर्गत वैशाख २०८३ भित्र चितवन र पोखरामा तथा चालु आर्थिक वर्षको अन्त्यसम्ममा बुटवल र इटहरीमा 'थ्रि–एस' (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधायुक्त शोरुमहरू सञ्चालनमा ल्याइने ऋषि ट्रेड सेन्टरले जनाएको छ। देशभर सेवा विस्तार गर्ने यो कदमले उपत्यका बाहिरका ग्राहकहरूलाई थप सहज सेवा र पार्ट्सको उपलब्धता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij