२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरु बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाई थियो । सोमवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताएका छन्।
सांसद रोकायाले पूँजी बजार अब बढन नपाउने भन्ने आशंका पनि सरकारले तत्काल निवारण गर्नुपर्ने बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij