Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

आजदेखि सरकारी-सार्वजनिक कार्यालय खुल्ने समय ९–५ बजेसम्म, शनिबार र आइतबार बिदा

आजदेखि सरकारी-सार्वजनिक कार्यालय खुल्ने समय ९–५ बजेसम्म, शनिबार र आइतबार बिदा


  • 386
    Shares

    आजदेखि सरकारी-सार्वजनिक कार्यालय खुल्ने समय ९–५ बजेसम्म, शनिबार र आइतबार बिदा

    काठमाडौं । आज (चैत २३) देखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। 

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने भएका हुन्। 

    यस्तै आजदेखि सार्वजनिक बिदा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ।

    यद्यपि शैक्षिक संस्थामा भने यो नियम नयाँ शैक्षिक सत्र सुरु हुने दिन वैशाख १५ देखि लागु हुने सरकारले जनाएको छ। 

    तर जाडो याम कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।  

    rajpatra_OXE5S2yc1a.jpg

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - ०८:१५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij