२०८२ चैत्र २२ गते आइतवार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को शनिबार तय गरिएको बोर्ड बैठक स्थगित भएको छ । बोर्ड बैठकमा उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बोर्ड बैठक स्थगित गरिएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को खर्च विवरण माग गर्दै सिंहसहित ८ बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउनेहरुमा सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट थिए ।
क्यानले उक्त विवरण हालसम्म नदिएको भन्दै शनिबारको बोर्ड बैठक बहिष्कार गरिएको स्रोतले जनाएको छ । बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट एजेन्डाको रुपमा थिए । शनिबार स्थगित भएपछि बोर्ड बैठक सोमबार बस्ने तय भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij