Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘घैँटे’ समूहमा आवद्ध 'सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जना पक्राउ

‘घैँटे’ समूहमा आवद्ध 'सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जना पक्राउ


  • 1.7K
    Shares

    ‘घैँटे’ समूहमा आवद्ध 'सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जना पक्राउ
    images

    काठमाडौं। राजधानीमा सक्रिय गुन्डागर्दी सञ्जालविरुद्ध प्रहरीले आक्रामक अपरेशन चलाउँदै १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पनि रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गुरुङलाई सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनी यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन् ।

    प्रहरीले शुक्रबार रातिदेखि काठमाडौँका विभिन्न क्षेत्रमा गुन्डागर्दीविरुद्ध विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ । सोही क्रममा अन्य १७ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

    गुरुङ कुख्यात ‘घैँटे’ समूहसँग जोडिएको व्यक्ति मानिन्छ । घैँटे प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यसपछि पनि गुरुङले आपराधिक गतिविधि जारी राखेको आरोप छ ।

    यसअघि पनि हतियारसम्बन्धी मुद्दामा उनी पक्राउ परेका थिए । प्रहरीका अनुसार उनीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - ०९:३२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij